• २ भदौ २०८२, सोमबार

खाल्डोमा डुबेर बालकको ज्यान गयो

blog

एकेन्द्र महता

अछाम, साउन ३१ गते । अछामको साँफेबगर नगरपालिका–१, वैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको ज्यान गएको छ । 

वडा १, बस्ने ललित परियारका ११ वर्षीय छोरा तुसार परियारको डुबेर ज्यान भएको सूर्यचन्द्र मायामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । 

बिहान विद्यालय जानुअघि घरनजिक रहेको बुढीगङ्गा नदीको किनारामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेर ज्यान गएको थियो । मृतक बालक सूर्यचन्द्र माविमा ४ कक्षामा अध्ययनरत रहेका थिए ।