काठमाडौँ, साउन ३१ गते । ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ तारिखसम्म आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
प्रमुख प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेको खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । टोलीमा राष्ट्रिय सिनियर टोलीका चार खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु, निराजन धामी र सुमित श्रेष्ठ पनि हुनुहन्छ ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसहित हायोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ ।
टोलीको गोलरक्षकमा कृशाल मोक्तान, अमित टमाटा र विशाल केसी हुनुहुन्छ । रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू र सेमन्त थापा रहनुभएको छ ।
मिडफिल्डरमा अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ हुनुहुन्छ । स्ट्राइकरमा रोहन खड्गी र निराजन धामी हुनुहुन्छ ।