• २ भदौ २०८२, सोमबार

वीरगन्जमा इडब्लुभिएलको ट्रफी र मधेश युनाइटेडको जर्सी सार्वजनिक

blog

इडब्लुभिएलको ट्रफी सार्वजनिक गरिँदै ।

काठमाडौँ, साउन ३१ गते । वीरगन्जमा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी र मधेश युनाइटेडको जर्सी सार्वजनिक गरिएको छ ।

मधेश स्पोर्ट्स प्रालिले शनिबार दोस्रो संस्करणको इडब्लुभिएलको ट्रफीसँगै आफ्नो टोलीले लगाउने जर्सी पनि सार्वजनिक गरेको हो । ट्रफी र जर्सीको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा अनावरण गर्नुभयो ।

महानगरपालिका प्रमुख सिंहले लिगको फ्रेन्चाइज टोली मधेश युनाइटेडको नयाँ जर्सी मार्की खेलाडी निरुता ठगुन्नालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा मधेश युनाइटेडका सञ्चालक शर्मिला थापालगायतको उपस्थिति रहेको थियो । दोस्रो संस्करणको इडब्लुभिएल फ्रेन्चाइज लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदै छ ।