हरिप्रसाद कोइराला
उर्लाबारी, साउन ३१ गते । मोरङको सुन्दरहरैँचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु हुने भएको छ ।
मेडिकल कलेज सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खास गरी कलेज सञ्चालन भएपछि व्यापार व्यवसायको नयाँ सम्भावना खुल्छन् भनेर पहाडबाट बसाइँ सरी आएका विश्वविद्यालयवरिपरिका सर्वसाधारण खुसी भएका हुन् । विश्वविद्यालयले दुई वर्षदेखि पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
पूूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डिन शैलेशमणि पोख्रेलले ५० वटा कोटामध्ये ७५ प्रतिशत पूूर्ण सरकारी छात्रवृत्तिमा अध्यापन गराइने जानकारी दिनुुभयो । सरकारले नै कोटाको ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित गरेको छ । बाँकी २५ प्रतिशत विद्यार्थीले पैसा तिरेर पढ्ने छन् । विश्वविद्यालयले चिकित्साशास्त्र अन्तर्गत एमबिबिएस पढाउन सम्पूर्ण पूूर्वाधार तयार गरिसकेको छ । विश्वविद्यालयले आफ्नै स्रोतले आन्तरिक व्यवस्थापन गरिरहेको डिन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार हाल विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तर्गत फार्मेसी, पब्लिक हेल्थ मास्टर्स र बिएस, बिएन, बिपिएच, बी फार्मेसी र बिएमएलटी अध्ययन भइरहेको छ ।
विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनको प्रमुुख पूर्वाधार मानिने तीन सय शøयाको अस्पताल सुरु गरिसकेको छ । विद्यार्थीले दुई वर्ष नियमित अध्ययन गरेपछि तेस्रो वर्षदेखि विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा प्रयोगात्मक अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।
८०५ बिघामा बनेका विश्वविद्यालयका भवन अव पूर्ण रूपमा सञ्चालनमा आउनेमा स्थानीय आशावादी छन् । पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा ३० करोड रुपियाँँ लगानी गरी निर्माण गरेका भवन २१ वर्षपछि पूर्ण रूपमा प्रयोगमा आउने स्थानीयको भनाइ छ । गोेठगाउँमा प्रशासनिक भवन, अस्पताल भवन, अस्पतालको आकस्मिक कक्ष, ओपिडी भवन, कलेज, दुई वटा छात्रावास, शिक्षक आवास भवन, एउटा अतिथि गृहलगायतका भवन भरिभराउ हुने अपेक्षा गरिएको छ ।
फर्कियो खुसी
जग्गा व्यापारीले विश्वविद्यालय आउने सपना देखाएर वरिपरिको सयौँ बिघा जमिन कित्ताकाट गर्दै बिव्रmी गरेका थिए । विश्वविद्यालय वरपर जग्गा किन्नेले ठुलो रकम खर्चेर घर बनाए तर उनीहरूले अस्पताल र मेडिकल कलेज आउँछ भनेर माया मारिसकेका थिए । दुई वर्षअघि विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सुरु गर्दा थोरै खुसी भएका स्थानीय अहिले एमबिबिएस पढाइ हुने सूचना पाएपछि अझ हर्षित भएका छन् । स्थानीय गुरुप्रसाद अधिकारीले भन्नुुभयो, “विश्वविद्यालयले शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लोभमा धनकुटाबाट १६ वर्षअघि बसाइँ सरी आएँ । मेडिकल कलेज र अस्पताल सञ्चालन भएपछि व्यापार विस्तार होला । अनि तरकारी, दुधलगायतका दैनिक उत्पादन तथा बिव्रmी बढ्ला सोचेको थिएँ । कुर्दा कुर्दा बल्ल अस्पताल र मेडिकल कलेज दुवै सञ्चालन हुने भए ।”
स्थापनाकालमा विश्वविद्यालयको पूर्वाधार निर्माण भएको थिएन । त्यसैले मुख्य कार्यालय विराटनगरमा बस्यो । विराटनगरमा बसेको मुख्य कार्यालय गोठगाउँमा ल्याउन १४ वर्ष लाग्यो । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनील शर्माले आफ्नो चुनावी एजेन्डा पूरा भएको बताउनुभयो । सांसद शर्माले भन्नुुभयो, “आफ्नो मेडिकल कलेज हुँदाहुँदै गोठगाउँमा मेडिकल कलेज ल्याउन डा. शर्माले सहयोग गर्दैन भन्ने बोली बन्द गराएको छु ।” चुनाव जितेको अढाई वर्षमा आफूले गरेका प्रतिबद्धता पूरा गर्दै गएको डाक्टर शर्माले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय सुन्दरहरैँचा नगरपालिकाको वडा नंं. ७ र ८ मा पर्छ । ७ नम्बर वडा मोरङको निर्वाचन क्षेत्र नंं. ६ का सांसद डाक्टर शेखर कोइरालाको क्षेत्रमा पर्छ भने वडा नंं. ८ मोरङ–३ मा पर्छ ।
डा. शेखर र सुनील शर्माको संयुक्त प्रयासबाट विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु हुने वातावरण तय भएको स्थानीय खेमचन्द्र अधिकारीको भनाइ छ ।