• ८ वैशाख २०८१, शनिबार

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

blog

पोखरा (गोरखापत्र), असार १० गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो । यस क्षेत्रका मिर्गौलाका बिरामी प्रत्यारोपणका लागि काठमाडौँ धाउन बाध्य थिए । अब मिर्गाैला प्रत्यारोपण गर्न अन्यत्र जानुपर्ने छैन ।

गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताउनुभयो ।  पोखरामा दैनिक डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामी पाँच सयभन्दा बढी छन् ।