• २ भदौ २०८२, सोमबार

‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचालको तयारी

blog

काठमाडौँ, साउन ३० गते । अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को सामाजिक वर्ष–२०२५ को अवसरमा अगस्ट महिनामा विश्वभर आठ प्रतियोगिता हुँदैछ ।

जसअन्तर्गत एसियाको एक्लो प्रतियोगिता ‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचाल आइतबार काठमाडौँमा हुँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासङ्घ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको ‘हिमालयन क्वीन्स ग्याम्बिट’ मा एक सय महिला खेलाडीको सहभागिता रहने छ ।

यस प्रतियोगितामार्फत बुद्धिचाल खेलमा महिलाको सहभागितालाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बौद्धिक खेलमा महिला शसक्तिकरणका लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ । जसमा एक सय अनरेटेड खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’’

सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउनेछन् । खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रमा यु–१०, यु–१३, यु–१६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।

काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो । उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो ।