• २ भदौ २०८२, सोमबार

धुलिखेलमा हक्कीको रङ्गशाला बन्ने

blog

अन्तर्राष्ट्रिय हक्की रङ्गशाला निर्माणका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, साउन ३० गते । धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रङ्गशाला निर्माण हुने भएको छ ।

रङ्गशाला निर्माणका लागि धुलिखेल नगरपालिकाले नेपाल हक्की सङ्घलाई आवश्यक जग्गा उपलब्ध गराउने भएको छ । जग्गा उपलब्धिका लागि नेपाल हक्की सङ्घ र धुलिखेल नगरपालिकाबिच बिहीबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य एवं नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यन्जुले हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार धुलिखेल नगरपालिकाले वडा १२ मा करिब दुई सय रोपनी जग्गा ४० वर्षका लागि दिने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव श्रेष्ठका अनुसार उक्त जग्गामा हक्कीको अन्तर्राष्ट्रिय रङ्गशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गरिनेछ । जसमा एक हजार दर्शक क्षमताको प्यारापिट बनाइनेछ ।