• २ भदौ २०८२, सोमबार

धारपानीमा जारी श्रृङ्गारिक महाआरतीमा करोड दिप प्रज्ज्वलन हुने

blog

सन्तोष दहित
दाङ, साउन ३० गते ।
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा  करोड दिन प्रज्ज्वलन गरिने भएको छ ।

यही साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवम् श्रृङ्गारिक महाआरतीको औपचारिक समापन हुने अघिल्लो दिन शुक्रबार भक्तजन र मन्दिरको तर्फबाट एक करोड दिप प्रज्ज्वलन गर्न थालिएको हो ।

आज अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी ६ः३० बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सबै भक्तजनहरुमा उपस्थितिका लागि आह्वान गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै मन्दिरले तेस्रो वर्ष आयोजना गरेको शिवपुराण तथा श्रृङ्गारिक महाआरतीअन्तर्गत हुने एक करोड दिप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन सकै भक्तजनलाई अनुरोध गर्नुभएको छ । एक करोड दिप प्रज्ज्वलनपछि श्रृङ्गारिक महाआरती, विभिन्न साँस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।