• २ भदौ २०८२, सोमबार

पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन

blog

तानसेन समाचारदाता

तानसेन, साउन ३० गते । पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा प्रदर्शन गरिएको छ । विभिन्न वेशभूषामा सजिएका लाखे र भुच्चाको टोलीले नाच प्रदर्शन गरेको हो । 

पाल्पा रिब्दीकोट–४, भैरवस्थान हटियाबाट सुनील प्रधानको नेतृत्वमा ४५ जनाको लाखे टोलीले ऐतिहासिक लाखेनाच प्रदर्शन ग¥यो । यसअघि काठमाडौँ, चितवन, भैरहवा, बुटवल, नेपालगन्ज, दाङलगायतका सहरमा पनि लाखेनाच प्रदर्शन गरेको प्रधानले बताउनुभयो ।

पाल्पाको सय वर्षको इतिहास र संस्कृति बोकेको नाच देखाएर मनोरञ्जन दिनुका साथै संस्कृति हस्तान्तरण गर्न पोखरा पुगेको सहभागीले बताएका छन् । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य विस्तार क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा विभिन्न जात्रा र नाच भित्र्याएको उल्लेख छ ।

पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो । लाखेनाचको टोलीलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो ।