• २ भदौ २०८२, सोमबार

पौडी टोली रोमानिया जाने

blog

बिदाइको क्रममा पौडी खेलाडी ।

काठमाडौँ, साउन २९ गते । विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित चार सदस्यीय नेपाली पौडी टोली शुक्रबार रोमानियाको ओटोपेनी जाने भएको छ ।

अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्नु हुने छ । इर्भिनले ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भले ५० र एक सय मिटर ब्याकस्ट्रोकमा खेल्नु हुने छ ।

एक सय र दुई सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भको नाममा राष्ट्रिय कीर्तिमान छ । टिम अफिसियलमा रविन श्रेष्ठ र गीता सिवाकोटी हुनुहुन्छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले बिहीबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।