• २ भदौ २०८२, सोमबार

गोलरक्षक किरण बङ्गलादेश पुलिस क्लबमा अनुबन्ध

blog

किरण चेम्जोङ ।

काठमाडौँ, साउन २७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्नु हुनेभएको छ । 

किरणलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उहाँलेले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स र माजिया तथा भारतको मिनर्भा पञ्जाव क्लबबाट लिग खेलिसक्नुभएको छ ।

किरण बङ्गलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि नेपालका आयुष घलानलाई क्लबले अनुबन्ध गरिसकेको छ । सलग खेल्नका लागि मङ्गलबार बङ्गलादेश पुग्नुभएको छ ।