• २ भदौ २०८२, सोमबार

‘साम्बा’ म्याक्सिम्याक्स एजुकेसनको ब्रान्ड एम्बेसडर

blog

काठमाडौँ, साउन २७ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । 

साम्बालाई म्याक्सीम्याक्सले मङ्गलबार आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । एम्बेसडरसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षर गरिएको छ । सम्झौता तीन वर्षका लागि भएको उल्लेख छ ।

नेपाली राष्ट्रिय टोलीबाट ६० खेल खेल्दै  ६६ गोल गर्नु भएकी ‘साम्बा’ नेपालमा नेपाल एपिएफ क्लबबाट घरेलु लिग खेल्दै आउनुभएको छ । उहाँले इन्डियन वुमन्स लिगमा सेयु एफसी र गोकुलम केरलाबाट पनि खेलिसक्नुभएको छ ।

त्यसपछि उहाँ इजरायलको होपोइल रानानामा अनुबन्ध हुनुभएको थियो । गत सिजन फ्रान्सको गुइनगाम्पबाट प्रिमियर लिग खेल्नुभएकी उहाँलाई अहिले अस्ट्रे‌लियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्समा अनुबन्ध हुनुभएको छ ।

वेलिङटन न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रे‌लियाको माथिल्लो लिग खेल्ने गर्दछ ।