काठमाडौँ, साउन २७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा ग्रास रुट फुटबल कार्यक्रमको सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा मङ्गलबार अध्यक्ष पङ्कजविक्रम नेम्बाङले कार्यक्रमको उद्घाटन र लोगोसमेत अनावरण गर्नुभयो ।
कार्यक्रमका लागि एन्फाले टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा एन्फा ग्रास रुट विभागका प्रमुख पङ्कज शाही र
टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दङ्गालले हस्ताक्षर गर्नुभयो ।
तीन वर्षे कार्यक्रम विश्व फुटबल महासङ्घ(फिफा)को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो । जसमा नेपालको ३९ जिल्ला समेटिएको एन्फाले जनाएको छ ।