काठमाडौँ, साउन २६ गते । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
भुटानको थिम्पुमा सञ्चालित छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको थियो ।
जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार खेपेको थियो । नेपाललाई हराएसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपको ढोका खोल्न सफल भयो ।
दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।