• २३ साउन २०८२, शुक्रबार

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

blog

सुधा देव

भारदह(सप्तरी), साउन २३ गते । राजविराज नगरपालिका-१ पडरियामा भाइले बञ्चरो प्रहार गरी दाइको हत्या गरेका छन् । 

घरायसी विवादका कारण ३५ वर्षीया भाइ नरेन्द्र झाले शुक्रबार दिउँसो आफ्नै ४२ वर्षाीया दाइ लोकेन्द्र झामाथि बञ्चरो प्रहार गरेका हुन् ।

टाउकोमा बञ्चरो प्रहार गरेपछि गम्भीर घाइते भएका दाइको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उहाँलाई घटना लगत्तै उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएपनि उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उहाँकाे नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

बञ्चरो प्रहार गर्ने भाइ फरार छन् । फरार रहेको भाईको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।