• २३ साउन २०८२, शुक्रबार

बागलुङको खारपानीमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध

blog

बागलुङ बडिगाड गाउँपालिका–२ खारपानीस्थित मध्य पहाडी लोक मार्ग अवरुद्ध । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बगलुङ, साउन २३ गते ।
बागलुङ बडिगाड गाउँपालिका–२ खारपानीस्थित मध्य पहाडी लोक मार्ग अवरुद्ध भएको छ । शुक्रबार करिब ८ः१० बजे सडकभन्दा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी चौकी खर्वाङ बागलुङले जानकारी दिएको छ ।

प्रहरी चौकी खर्वाङका प्रहरी सहायक निरीक्षक ओम प्रकाश कुर्मीको कमाण्डमा दुई जना प्रहरीको टोली खटाइ सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको छ । 

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले बताउनुभयो ।