• ८ वैशाख २०८१, शनिबार

कोशी गाउँपालिकाका जनप्रतिनिधिलाई सम्मान

blog

जयकृष्ण यादव 

इनरुवा, असार ८ गते । सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सप्तकोसी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपुरले सम्मान गरेको छ । बधबार कार्यक्रम गरी नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादवसहित ८ जना वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुलाई सम्मान गरेको हो । गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई एउटै मञ्चबाट विकास, समृद्धि र महिलाको हकहितमा काम गरेर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका अध्यक्ष र उपाध्यक्षलाई सहकारी संस्था लिमिटेडले सम्मान गरेको संस्थाका अध्यक्ष गीता पौडेलले जानकारी दिनुभयो ।