• २१ साउन २०८२, बुधबार

काठमाडौँ जिल्ला क्रिकेट सङ्घको साधारण सभा सम्पन्न

blog

काठमाडौँ जिल्ला क्रिकेट सङ्घको छैटौँ वार्षिक साधारण सभाका अतिथिहरु ।

काठमाडौँ, साउन २१ गते । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको छैटौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

सङ्घले साधारण सभाको दौरानमा यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँचजना क्रिकेट खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा महिला क्रिकेट टिमकी खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापा हुनुहुन्छ ।

सङ्घका अध्यक्ष दिवाकर घले गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभामाको उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, क्यानका पूर्वपदाधिकारी, जिल्ला सङ्घका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो । 

अध्यक्ष घलेले सङ्घले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताउनुभयो । सङ्घले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यु–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यु–१६ इस्ट जोन कप छनोट), आइसिसी यु–१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको थियो ।