• २० साउन २०८२, मङ्गलबार

जसपा सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

blog

अध्यक्षमा निर्वाचित हुनुभएको केदार यादव । तस्बिर : सुधा देव

सुधा देव

भारदह (सप्तरी), साउन २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित हुनुभएको छ । केदार २३५ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी उमेश यादवले २०५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा केदार यादव प्यानलकै लक्ष्मण यादव र उमेश प्यानलका हरेराम यादव निर्वाचित हुनुभएको छ । सचिवमा उमेश प्यानलका निरज झा ‘मुक्ति’ १ मत अन्तरले निर्वाचित हुनु भएको छ ।

उहाँले २३१ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी शम्भु यादवले २३० मत प्राप्त गर्नुभएको छ ।

यही साउन १४ गतेदेखि जसपा नेपाल, सप्तरीको अधिवेसन सुरु भएको थियो । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।

सोमबार भएको निर्वाचनको मतगणना मङ्गलबार सम्पन्न भएको छ ।