• १९ साउन २०८२, सोमबार

पहिरो खसेर दाउन्नेको सडक अवरुद्ध

blog

सडक अवरुद्ध भएपछि लामबद्ध सडकका गाडी । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, साउन १९ गते । माथिबाट पहिरो खसेका कारण नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

सोही सडक बिहानदेखि पानी परेर चिप्लो भएका कारण गाडी गुड्न नसक्दा एकतर्फी सञ्चालन भए पनि दिउँसोदेखि पहिरोले पूर्णरूपमा अवरुद्ध भएको नेपालले बताउनुभयो । 

यो सडक खण्डमा पानी पर्दा चिप्लिएर गाडी गुड्न नसक्ने समस्या रहँदै आएको छ । बाटो पूर्णरूपमा अवरुद्ध हुँदा गाडीको लामो जाम देखिएको छ ।