• १८ साउन २०८२, आइतबार

उत्तरी भेगमा रोपाइँ सुरु

blog

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान–१५ का किसानहरु वर्षा भएपछि रोपाइँमा जुट्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, साउन १८ गते । राष्ट्रिय राजमार्गदेखि उत्तरी भेगमा रोपाइँ सुरु भएको छ । विद्युतीय मोटरबाट सिँचाइ नहुने उत्तरी भेगमा अकाशे पानीको भरमा धानखेती गर्नुपर्ने बाध्यता रहँदै आएको छ । 

लहान नगरपालिका १५ र १८ नम्बर उत्तरी भेगमा पर्ने चुरे छेउको भागमा बल्ल रोपाइँ सुरु भएको स्थानीय किसान शिवनारायण चौधरीले बताउनुभयो । लहान नगरपालिकाको १३,१४,१५,१६,१७ १८ धनगडीमाई नगरपालिकाको १२,१३ र १४ नम्बरमा अकाशे पानी मात्रै रोपाइँको लागि विकल्प हुने गरेकोले समयमा वर्षन नहुँदा उत्तरी भेगमा धानको विकल्पमा आँप मकै र कोदो खेतीतर्फ किसान आकर्षित भइरहेका छन् । 

शनिबर रातीदेखि भएको वर्षाले खेतमा पानी लागिसक्यो थप आजभोलि भयो भने सुक्न थालेको हातेकल र रोपाइँका लागि अति नै राहत हुने स्थानीयहरुले सुनाउनुभयो । सिराहा जिल्लाको दक्षिणी भेगमा पर्ने हुलाकी मार्ग र कमला नदीबाट सिँचाइ हुने क्षेत्र बाहेकका भागमा रोपाइँ भएको छैन । 

कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार ४० र ५० प्रतिशतको बीचमा मात्रै रोपाइँ भएको छ । राती भएको वर्षा र आज पनि वर्षा हुने छाँटकाँट देखिएकोले दुई चार दिनमै ह्वात्तै रोपाइँ प्रतिशत बढ्ने कृषि ज्ञानकेन्द्र सिराहाका प्रमुख नरेन्द्र महासेठले जानकारी गराउनुभयो । 

हुलाकी मार्गमा पर्ने सिराहा नगरपालिका औरही, बरियारपट्टी नवराजपुर भगवानपुर र जोडिएको सखुवानन्कारकटी अर्नमा विष्णुपुर र नरहा गाउँपालिकामा विद्युतीय मोटर र कमला नदीको सिँचाइबाट रोपाइँ भएका क्षेत्रहरुमा दोस्रोपटक गोडमेल गरेर मलखाद्य हाल्नका लागि वर्षा भएपछि किसानहरु उत्साहित र हर्षित देखिएका छन् । सिराहामा ५४ हजार हेक्टरमा धानखेती भइरहेको छ ।