• १७ साउन २०८२, शनिबार

कोदो रोप्दै गरेका किसान

blog

कोदो रोप्दै गरेका किसान । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, साउन १६ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा कोदो रोप्दै गरेका किसान । जिल्लाको उच्च भूभागहरुमा किसानहरुले कोदो खेतीलाई निरन्तरता दिएका छन् ।

कोदोबाट बनेका परिकारहरु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किसानले कोदो खेतीलाई निरन्तरता दिएका हुन् ।

कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलो पटक आज ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित राष्ट्रिय कोदो दिवस मनाउन लागिएको छ ।