• १७ साउन २०८२, शनिबार

मालिकद्वारा कुकुरको किरिया

blog

तुलसीपुर समाचारदाता 

तुलसीपुर, साउन १६ गते । मानिसको मृत्यु भए आफ्नै संस्कार संस्कृति अनुसार किरियाकर्म गर्ने प्रचलन चल्दै आएको छ । आश्चर्य मानिएला यहाँका एक जना जनप्रतिनिधिले पालेको कुकुर मर्दा किरिया बसेर नवौँ दिनमा शुद्धशान्तिको कर्मसमेत गर्नुभएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१७ का वडा सदस्य शशिधर पौडेलले पालेको रमी नामको कुकुरलाई साउन ६ गते सामुदायिक कुकुरले मारेका थिए । घरमा पौडेलले पाल्दै आएको कुकुर मरेकै अवस्थामा तुलसीपुर–१७ कै चौवाखोलामा फेला परेको थियो । नौ वर्षदेखि घरको रेखदेख गर्दै आएको कुकुर मरेपछि शशिधरले कपाल मुण्डन गरेर किरियासमेत बस्नुभएको हो ।