• १६ साउन २०८२, शुक्रबार

लागुऔषधसहित काठमाडौँबाट छ जना पक्राउ

blog

काठमाडौँ, साउन १५ गते। लागुऔषधको अवैध कारोबारमा संलग्न छ जना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२, नाम्यागल रोडमा लागुऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६, सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। 

प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन्। राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।