• ७ जेठ २०८१, सोमबार

दुई विधेयक दफावार छलफलका लागि समितिमा

blog

काठमाडौं, असार ७ गते । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।