• ७ जेठ २०८१, सोमबार

वायुसेवा सञ्चालक सङ्घद्वारा नियमित उडान स्थगित गर्ने निर्णय

blog

काठमाडौं, असार ७ गते । वायुसेवा सञ्चालक सङ्घले बुधबारदेखि आपतकालीन उद्धारलगायत नियमित उडानहरु स्थगित गर्ने निर्णय गरेको छ ।

मङ्गलबार सङ्घले पत्रकार सम्मेलनमार्फ आफ्नो ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धारलगायत नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ्ग, नेभिगेशनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने माग सङ्घको छ ।

यसगरी, त्रि.अ.वि. विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने लगायत पाँचबुँदे माग सङ्घले राखेको छ ।