• ६ जेठ २०८१, आइतबार

पेट्रोलियम पदार्थको मूल्य हाम्रो काबुबाहिर : मन्त्री बडू

blog

काठमाडौं, असार ७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताउनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा मन्त्री बडूले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था आएको बताउनुभयो ।

‘‘यो हाम्रो काबुबाहिरको अवस्था रह्यो । रुस युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यतिबेला हालीले आफ्नो जनताका निम्ति थप उपाय के हुन सक्छन् भन्ने छ । यो बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको छ ।’’

जनतामाथि परेको पीरमार्काप्रति सरकार सदैव संवेदनशील रहेको उहाँको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतालाई परेको पीडामा सरकार संवेदनशील र पीडाबोध भएको उहाँ बताउनुहुन्छ ।