• १२ साउन २०८२, सोमबार

परिसङ्घमा उन्नाइस वटा समिति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १२ गते । नेपाल उद्योग परिसङ्घले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । 

परिसङ्घले गठन गरेका समितिमा उद्योग समिति, राजस्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैङ्किङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सिप समिति, स्वास्थ्य परिषद् छन् ।

यसै गरी रोजगारदाता परिषद्, ऊर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सिइओज् फोरम, महिला नेतृत्व फोरम, स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको छ ।

परिसङ्घले समितिका सभापति तथा उपसभापतिको चयनसमेत गरेको छ । आइतबार परिसङ्घ सचिवालयमा आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिलाई मनोनयनपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायलाई स्पष्ट नीतिगत सुझाव दिन, उद्यमीको प्रवर्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिको सहयोगमा परिसङ्घले आगामी दुई वर्ष प्रभावकारी रूपमा काम गर्ने उहाँले बताउनुभयो ।