गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १२ गते । एनआइसी एसिया बैङ्कका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबिच विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
सम्झौतापछि बैङ्कका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।