• १४ जेठ २०८१, सोमबार

राष्ट्रियसभा बैठक सुरु

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ७ गते । राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफल जारी छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौलिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल सुरु भएको हो ।

त्यस्तै, सांसद भगवती न्यौपानेले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च र रकमलाई घटाई एक रुपियाँ कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, सांसद सोनाम गेल्जेन शेर्पाले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।