• १३ जेठ २०८१, आइतबार

मंगलबारको प्रतिनिधिसभा बैठक

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ७ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ  ।

त्यस्तै, कृषि तथा पशुपन्क्षी विकास मन्त्री महिन्द्र राय यादवले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक र बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।