वसन्त पराजुली
नारायणगढ, साउन ११ गते । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको आइतबार देवघाटमा अन्तिम संस्कार गरिँदै छ । सालिन र निष्ठावन नेताको पहिचान बनाउनुभएका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ वजे निधन भएको थियो ।
उहाँको पार्थिव शरिरलाई बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । नेपाली कांग्रेस चितवनका सचिव धुव्रराज पोख्रेलका अनुसार भरतपुर २६ दिब्यनगरस्थित निवासबाट गुरुङको शवयात्रा शुरु भई नारायणगढस्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा ल्याइने छ । बिहान ११ बजे पार्टी कार्यालयमा केही समय शवलाई अन्तिम श्रद्धाञ्जलीका रुपमा राखिएपछि पुनः अन्तिम संस्कारका लागि धार्मिक क्षेत्र देवघाट लगिने छ ।
उहाँको पार्थिव शरिरमा देवघाटमा धार्मिक विधि अनुसार ११ः३० बजे अन्त्यष्टी गरिने सचिव पोख्रेलले जानकारी दिनुभयो ।
गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जली र शवयात्रामा सहभागि हुन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चितवन आउँदै हुनुहुन्छ ।
लामो समयदेखि पेटको क्यान्सरबाट बिरामी रहनुभएका गुरुङको भरतपुर महानगरपालिका –२६ दिब्यनगरस्थित घरमै निधन भएको हो ।
उहाँ २०७८ साउत १२ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको थियो । उहाँ करिव ३२ महिना प्रदेश प्रमुख भएर जिम्मेवारी वहन गर्नुभएको थियो । तत्कालीन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीका प्रेस सल्लाहाकार भरत कोइराला गुरुङ विवाद रहित प्रदेश प्रमुख हुनुभएको थियो ।
“गुरुङ अघि र पछिका प्रदेश प्रमुखहरु राजनैतिक रुपमा विवादमा पर्नुभयो । तर उहाँको कार्य सम्पादन कहिल्यै विवादमा परेन”, उहाँले थप्नुभयो, “गुरुङ सबैलाई समेटेर लैजाने नेता हुनुहुन्थ्यो ।”
गुरुङ प्रदेश प्रमुख रहेको साढे दुई वर्षमा उहाँले डेड दर्जनभन्दा बढी कानुन प्रमाणिकरण गराउनुभएको थियो । उहाँ सत्ता फेरवदलसँगै २०८० फागुन २९ गते बर्खास्तीमा पर्नुभएको थियो ।
नेपाली कांग्रेस विभाजन रहदा कांग्रेस प्रजातान्त्रिक चितवनको सभापति रहनुभएका गुरुङ सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष भएर धेरै सुकुम्वासीहरुलाई जग्गा धनी पनि गराउनुभयो । गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नु भएका हरिप्रसाद गुरुङका भान्जा हुनुहुन्छ ।