• ११ साउन २०८२, आइतबार

दमकमा हात्तीको आक्रमणबाट दिदि बहिनी घाइते

blog

घाइतेलाई दमक अस्पतालबाट बिराटनगर लैजाने तयारी गरिँदै । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, साउन ११ गते ।
झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् ।

बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक वडा नं. १ बरगाछी नजिक जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय सुनिता राई र कविता राई गम्भीर घाइते हुनुभएको हो ।

वडा नं. १ का वडाध्यक्ष हरीप्रसाद न्यौपानेका अनुसार बिहान पख हात्तीले दुवैलाई फ्याँकेर छोडेको स्थानीयले तत्कालै देखेपछि उद्धार गरेर दमक अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर लगिएको छ ।
स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्ती घटनापछि वनतर्फ गएको पनि बताइएको छ ।