• ७ जेठ २०८१, सोमबार

नक्कली समिति बनाएर रकम हिनामिना गर्ने छ जना कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्दा

blog

जुगल गाउँपालिकाको उच्चभेग जोड्ने ग्रामिण सडकको अनुमगन गर्दैै जनप्रतिनिधि र प्राविधिक इन्जिनियर । तस्विर सौजन्यः जुगल गाउँपालिका

सिन्धुपाल्चोक, असार ७ गते । बलेफी तेम्बाथान मोटरबाटो निमार्ण गर्न नक्कली उपभोक्ता समिति बनाएर भष्ट्राचार गरेको आरोपमा जुगल गाउँपालिकाका तत्कालीन ६ जना कर्मचारी र उपभोक्ता समिति बिरुद्द अख्तियारमा भष्ट्राचार मुद्दा दायर भएको छ । 

नक्कली उपभोक्ता समिति बनाएर भष्ट्रचार गरेको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, बलेफी तेम्बाथान उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

आर्थिक बर्ष २०७४-०७५ मा उनीहरुले बलेफी तेम्बाथान मोटरबाटो निमार्ण गरेको भन्दै झुटा बिबरण पेस गरी राज्यलाई ३६ लाख ४९ हजार ८९९ रुपियाँ ६३ पैसा भूत्तानी लिएर भष्ट्राचार गरेको आरोपमा अख्तियारमा मुद्दा दायर भएको हो । झुठा बिबरणको आधारमा रकम लिएको, मापदण्ड बमोजिम निमार्ण नगरी हचुवाको भरमा काम गराइएको, डोरहाजिर साथै माइन्युट पनि किर्ते हस्ताक्षर गरेको आरोप लागेको छ । 

तेम्बाथान सडक बिस्तारको डबल कटिङ समेतको कार्य गर्न उक्त गापाबाट बिनियोजित रकमबाट उपभोक्ता समितिमार्फत लेबर लगाई सम्पन्न गर्ने गरी तयार भएको लागत अनुमान बमोजिम उपभोक्ता समितिसँग सम्झौता बिपरित  मेसिनरी सामाग्री प्रयोग गरी सम्पन्न भएको कार्यलाई कामदारबाट गरेको झूठो बिबरण पेस गरेको छ । गलत नापी किताब र कार्य सम्पन्नको कागजात तयार गराई गाउँ कार्यपालिका कार्यालयबाट भूत्तानी लिएका पाइएको छ । 

गलत बिबरण दिएर भूत्तानी लिएकोले उनीहरुले भष्ट्राचार गरेको अख्तियारको ठहर छ । छ जनालाई नै भष्ट्राचार ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहायको खण्ड (ग) र (ङ) बिपरितको भष्ट्रचारजन्य कार्य गरेको अख्तियारले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल, इन्जिनियर पौडेल, सव–इन्जिनियर घिमिरे उपर ३६ लाख ४९ हजार ८९९ रुपियाँ ६३ पैसा नै बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना बिगो समेत असुलउपर हुन माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । 

लेखापाल यादवले सोही आयोजनामा कामदारबाट काम गर्ने इस्टिमेट, सम्झौता, कार्यदेशको ठाडै बर्खिलाप हुने गरी मेसिन प्रयोग गरेबापत इन्धन खर्चबापत ३६ लाख ४९ हजार ८९९ रुपियाँ ६३ पैसा बढी भूत्तानी दिइएकोले सोही बराबर  बिगो दाबी गरिएको अख्तियारले जनाएको छ । बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाले मेसिनबाट गरेको कामलाई कामदारबाट गरेको भनी गैरकानुनी लाभ लिने बदनियतले झुठा डोरहाजिर, नापी किताब र कार्यसम्पन्न प्रतिबेदन बुझाई पालिकाबाट ३६ लाख ३९ हजार ८९९ बढी रकम भूत्तानी लिएर भष्ट्रार गरेको ठहर गर्दे भ्रष्टाचार ऐन अनुसार सोही रकम बराबर बिगो जफत गर्न र कैद गर्न माग गरिएको छ ।  

Author

चित्र मिजार