• १० साउन २०८२, शनिबार

करेन्ट लागेर प्रवक्ताको मृत्यु

blog

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), साउन ८ गते । रौतहटमा करेन्ट लागेर बिहीबार मौलापुर नगरपालिकाको प्रवक्ता चन्द्रेश्वर बैठाको  मृत्यु भएको छ । सिँचाइका लागि बिद्युतमिटरको तार बिद्युत पोलमा लाउँदैगर्दा करेन्ट लागेर मौलापुर –७ घर भएका बैठाको मृत्यु भएको मौलापुर नगरपालिका –७ का वडा अध्यक्ष  रामपुकार साहले जानकारी दिनुभयो ।

बैठा प्रवक्तासँगै मौलापुर नगरपालिकाको कार्यपालिका सदस्य समेत हुनुहुन्थ्यो । बैठालाई करेन्ट लागेपछि उपचारका लागि नजिकै बंकुल लगिएको थियो । थप उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याउँदैगर्दा मृत्यु भएको वडा अध्यक्ष साहले बताउनु भयो ।