काठमाडौँ, साउन ८ गते। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुँदै छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठकका लागि बोलाइएको हो।
उहाँका अनुसार बैठकमा कांग्रेस नेताहरू डा. शेखर कोइराला, प्रतिनिधिसभाका मुख्य सचेतक श्यामकुमार घिमिरे, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुनुहुने छ।
यसैगरी, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतका मन्त्रीसमेत बैठकमा सहभागी हुनुहुने छ।
उहाँले भन्नुभयो, “बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।”