• १० साउन २०८२, शनिबार

एनएसपिएलका लागि खेलाडी दर्ता खुला

blog

काठमाडौँ, साउन ८ गते । नेपालको सबैभन्दा ठुलो टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

लिगमा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्ने आयोजक डिजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

खेलाडी दर्ता गर्ने अन्तिम  समय आगामी भदौ ८ गतेसम्म रहेको छ।