• १० साउन २०८२, शनिबार

एनआरएनए अस्ट्रेलिया नर्दन टेरीटोरी कोषाध्यक्षमा भुसालको उम्मेद्‍वारी

blog

काठमाडौँ, साउन ८ गते। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुसालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी परेको छ। निर्वाचन समितिका अनुसार कोषाध्यक्ष  पदमा भुसालले उम्मेदवारी दर्ता गराएका हुन्। 

नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुसाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुङ्गाना बलियो दाबेदारका रूपमा देखिनुभएको छ। नर्दन टेरीटोरी राज्यमा २६ जुलाइमा एनआरएनए अस्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।