• १० साउन २०८२, शनिबार

सेपाकताक्रोमा नेपाललाई दुई पदक

blog

सेपाकताक्रोमा प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी ।

काठमाडौँ, साउन ८ गते । नेपालले ३८औँ आइएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा बिहीबार एक स्वर्ण र एक रजत पदक जितेको छ । 

नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिनुभयो । 

मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डङ्गोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेईं दोस्रो र बङ्गलादेश तेस्रो भयो । 

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेल्नुभएको थियो । चाइनिज ताइपेईंले स्वर्ण जित्यो ।