• १० साउन २०८२, शनिबार

मिर्गौला रोगीका लागि आठ लाख ५० हजार सहुलियत

blog

काठमाडौँ, साउन ८ गते । सरकारले मिर्गौला रोगीका लागि आठ लाख ५० हजार स्वास्थ्य सेवा सहुलियत दिने निर्णय गरेको छ । सरकारले यो सेवाको सहुलियत विभिन्न कार्यक्रममार्फत् दिने व्यवस्था गरेको छ ।

राष्ट्रिय मिर्गौला कार्यक्रममार्फत पाँच लाख ५० हजार, कडा रोग उपचार सहायता अन्तर्गत एक लाख सहुलियत पाउने  व्यवस्था गरेको छ ।  त्यसैगरी, स्वास्थ्य बिमा योजनाबाट दुई लाखसम्मको सहुलियत पाउने व्यवस्था गरिएको छ ।

यो सेवा पाउनका लागि बिरामीलाई स्वास्थ बिमा कार्यक्रममा आबद्ध हुनुपर्छ । यो व्यवस्थाले मिर्गौला रोगीका लागि डायलासिसदेखि प्रत्यारोपणसम्मको उपचारमा सहज हुने सरकारको विश्वास छ ।  

बिरामीले अस्पतालको सिफारिस र स्थानीय तहको सिफारिसको आधारमा यो सेवा लिन सक्ने छन् । सरकारले अस्पतालाई जटिल रोग भएका बिरामीलाई दोहोरो सुविधा दिन निर्देशन दिएको छ ।