• १० साउन २०८२, शनिबार

बाजुरा दुर्घटना : नेपाली सेनाद्वारा चार घाइतेको उद्धार

blog

तस्बिर : नेपाली सेना

काठमाडौँ, साउन ८ गते । नेपाली सेनाले बाजुराको जीप दुर्घटनामा परी घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याएको छ। 

नेपाली सेनाका अनुसार बाजुराको हिमाली गाउँपालिका–५, टुनिगडा इलाकामा बिहीबार किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । 

सो दुर्घटनामा परी घाइते भएकाको उद्धारका लागि पश्चिम एयरवेश, सुर्खेतबाट खटिएको नेपाली सेनाको इक्युरल हेलिकोप्टरद्वारा प्राथमिकताका आधारमा पहिलो चरणमा चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको हो ।

नेपाली सेनाका अनुसार थप घाइतेलाई उपचारका लागि सुर्खेतसमम ल्याउने कार्यका लागि उक्त हेलिकोप्टर पुनः बाजुरास्थित तिथीचौरतर्फ प्रस्थान गरेको छ ।