काठमाडौँ, साउन ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
काठमाडौँ गोर्खाजले बिहीबार आयोजित कार्यक्रमबिच दोस्रो संस्करणको एनपिएलका लागि नयाँ नामसहित लोगो सार्वजनिक गरेको हो ।
यसअघि पहिलो संस्करणमा काठमान्डु गुर्खाजको नामबाट प्रतिस्पर्धा गरेको टोलीले दोस्रो संस्करणमा नाममा समेत केही परिवर्तन गरी काठमाडौँ गोर्खाज राखेको जनाएको छ ।
यस्तै नयाँ लोगोमा काठमाडौँ उपत्याकाको काठमाडौँ, भक्तपु्र ललितपुर र नुवाकोटको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने डिजाइन राखिएको छ ।
काठमाडौँ गोर्खाजले एपिएलको दोस्रो संस्करणका लागि कप्तान एवं मार्की खेलाडीमा करण केसीलाई निरन्तरता दिएको छ ।
करणसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई पनि निरन्तरता दिएको छ । टोलीको मुख्य प्रशिक्षकको रूपमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई अनुबन्ध गरेको छ ।
मेन्टीको प्रशिक्षणमा विदेशका राम्रा खेलाडी अनुबन्ध गरेर टोलीले यसपटक उपाधि जित्न लक्ष्यका साथ तयारी गर्ने कप्तान करणले बताउनुभयो ।
पहिलो सिजन काडमाडौँले पाँचौँ स्थानमा रहेर एनपिएल सकेको थियो । टोलीलाई वर्ल्ड लिङ्कले मुख्य प्रायोजन गरेको छ ।