नवीनराज कुइँकेल
लमजुङ, साउन ८ गते । बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको ग.प्र. ००४००१ ह. २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियंत्रित भइ खरखरे भीरबाट मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ।
घाइतेमध्य शिलादेवी गुरुङको अवस्था गम्भीर छ । घाइते सबैको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
अटो चालक मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङ बस्ने ३० वर्षीय टोपबहादुर लामाको अवस्था सामान्य छ । अटो मर्स्याङ्दी नदीले बगाएको प्रहरीले जनाएको छ ।