• १० साउन २०८२, शनिबार

सल्यानमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते

blog

दुर्घटनाग्रस्त गाडी ।

शङ्कर केसी

सल्यान, साउन ८ गते । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बढाइज्युलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेटा नजिकैको माथिल्लो सडकको मोडबाट गाडी दुर्घटना भएर करिब २५ मिटर तल सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता बाबुराम बस्नेतले जानकारी दिनुभयो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

दिउँसो करिब १ बजेतिर अनियन्त्रित भएको गाडी दुर्घटनामा परेको र घटनाबारे अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ।