हरिप्रसाद कोइराला
उर्लाबारी, साउन ६ गते। मोरङको लेटाङमा मङ्गलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार मदन भण्डारी राजमार्ग अन्तर्गत लेटाङ नगरपालिका–५ मा ‘अनटेस्ट’(नम्बर लगाउन बाँकी)सफारी दिउँसो बजेतिर दुर्घटना हुँदा घाइते हुनुभएका लेटाङ ४ का ३२ वर्षीय जनम तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते हुन भएका तामाङलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाइएको थियो। अस्पताल पुर्याएको केही समयमा नै तामाङलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो। दुर्घटना गराउने सफारीका चालक लेटाङ–४ का ३९ वर्षीय भीषण राईलाई एड्भान्स अस्पताल लेटाङमा उपचारपछि प्रहरीले पक्राउ गरेको छ।