• १२ असोज २०८१, शनिबार

पहिलो पेट्रोल पम्प बन्दै

blog

मुसीकोट समाचारदाता

रुकुमपूर्व, असार ६ गते । जिल्लामै पहिलो पेट्रोल पम्प निर्माण हुन थालेको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–२, काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गमा निर्माण हुने यो पेट्रोल पम्प निर्माणमा दुई करोड ५० लाख रुपियाँ लाग्ने बताइएको छ । 

पेट्रोल पम्प ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने उक्त बुढा आयल स्टोरका सञ्चालक रामसुर बुढामगरले जानकारी दिनुभयो । जिल्लाभरि नै पेट्रोल पम्प नहुँदा बजारमा खुला रूपमा पेट्रोल तथा डिजेल बिक्री हुने गरेको छ । उक्त पेट्रोल पम्प तयार भएमा छिमेकी जिल्ला रुकुमपश्चिम, रोल्पा, बागलुङमा समेत तेल आपूर्ति गर्न सहज हुने बताइएको छ ।