• ६ जेठ २०८१, आइतबार

अछामका पूर्वसभापति शाहीको निधन

blog

अछाम, असार ६ गते । अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो । 

शाही २०३२ देखि ३७ सम्म पहिलो पटक जिल्ला पञ्चायतको सभापति र २०४३ देखि २०४६ को अन्तिम पञ्चायतकालीन सभापति रहनुभएको थियो । जिल्ला सभापति हुनुअघि रामबहादुर २०२७ देखि २०३२ सम्म जिल्ला पञ्चायतको उपसभापति र २०१८ सालबाट १० वर्षसम्म गाउँपञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४९ मा र २०५४ को आम निर्वाचनका क्रममा शाही क्रमशः अछाम ३ र अछाम २ बाट चुनाव लड्नुभएको थियो । २०६१ मा शाही राजपरिषद् सदस्य नियुक्त हुनुभएको थियो ।

निष्ठा, अडान, सरल स्वभावका शाहीको निधनप्रति अछामस्थित राजनीति दल, सामाजिक क्षेत्रका व्यक्तिहरूले दुख व्यक्त गरिरहेका छन् । सडक, शिक्षा, स्वास्थ्यलगायतको विकासमा शाही केन्द्रित रहेको पूर्वउपसभापति तेजबहादुर विष्टको भनाइ छ । 

Author

शिवराज ढुंगाना