बोमलाल गिरी
नवलपुर, असार २७ गते । नवलपुरमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवाका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जालाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बिहान पौने ७ बजे बाघले आक्रमण गरी शेर्पुन्जालाई घाइते बनाएको नेपालले जानकारी दिनुभयो । उहाँको दाहिने हातको पाखुरा, छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको हाल मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।