• १९ असार २०८२, बिहिबार

भन्सार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

blog

काठमाडौँ, असार १८ गते। राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ।

सभाको बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो। 

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो। 

उहाँले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 

विधेयकले कानुको रुप लिएर कार्यान्वयन गइसकेपछि अनुभवका आधारमा आवश्यक परिमार्जन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ।