• ७ जेठ २०८१, सोमबार

पहिरोपीडितलाई उद्धार गरी राहत दिन सांसद भट्टराईको माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अविरल वर्षका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ खेवाङमा गएको पहिरोमा परी घाइते भएकालाई उद्धार र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ खेवाङमा पहिराेले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको थियो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय माग गर्दै सांसद भट्टराईले सो कुराको जानकारी दिनुभएको थियो । साथै पहिरोमा परी घाइते हुनुभएका विष्णु अधिकारीको आज बिहान हेलिकोप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको पनि सदनलाई जानकारी गराउनुभयो ।

उहाँले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो । सांसद भट्टराईले ताप्लेजुङमा बाढी पहिराेको प्रकोपले जनजीवन त्रसित बनाएको हुँदा पीडितको राहत र उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

पहिराेका कारण विद्युत्, टेलिफोन र यातायात अवरुद्ध भएको र सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।